रिद्धिसिद्धि सिमेन्ट उद्योगसमक्ष चेपाङको तीन बुँदे माग

हेटोंडा, मकवानपुरको राक्सिराङ–४ गिङगुङ बस्तीमा रहेको रिद्धिसिद्ध सिमेन्ट उद्योगको खानीका कारण स्थानीय जनताले सास्ती खेप्नु परेको बताएका छन् । चेपाङ समूदायको साझा संस्था नेपाल संघ राक्सिराङ-४ कार्य समितिले विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनीहरुले ३ बुँदे माग अघि सारेका छन् ।

ADVERTISEMENT

नेपाल चेपाङ संघ बागमती प्रदेश समितिका अध्यक्ष खुसीलाल चेपाङले विज्ञप्ती बाचन गर्दै चेपाङ परिवारमा परेको समस्याको समाधान गर्न सबै पक्ष लाग्नुपर्ने बताए । उनले ९ जना चेपाङ परिवारको १०३ रोपनी जग्गा चलनचल्तीको मूल्यमा उद्योगले खरिद गरिनुपर्ने बताउँदै उत्खनन गर्दा बग्ने माटोले पुरिएको बस्तीको व्यवस्थापन उचित समयमा गरिनुपर्ने र धुवाँधुलो नियन्त्रण गरिनुपर्ने मागहरु रहेको बताए ।

हाम्रा मागहरु पुरा नभएको अवस्थामा चरणबद्ध आन्दोलन गरिने जनाइएको छ । खानी क्षेत्रमा भएको राजनितिक, ठेकदार लगायत अन्य विचौलियाहरुले हामीलाई दुःख दिएको र हाम्रा समस्याहरुको सुनुवाई उद्योग, स्थानीय सरकार र प्रशासनबाट समेत नभएको पिडितहरुले दुखेसो पोखे । ‘मेरो १८ रोपनी जग्गा छ, धुलोधुँवा, पांगो हिलो सबै जग्गामा आउँछ, म कसरी खेतीपाती गरेर परिवार पाल्ने । हिउँदमा त यस्तो हुन्छ झन बर्खाको समयमा ठुला ढुङ्गाका साथ पहिरो जाने डर हुन्छ मैले परिवार र जग्गालाई कसरी संरक्षण गर्ने त मलाई न्याय चाहियो कित जग्गा किनेर हामीलाई अन्यन्त्र सारियोस् ‘- राक्सिराङ ४ का दिलबहादुर चेपाङले भने।

झण्डै १८ रोपनी जग्गा भएकी सानुमाया चेपाङको नि समस्य उही छ । बारीमा मकै, कोदो र फापर फलाउने सानुमाया अहिले खानीले गर्दा डरैडरमा खेतीपाती गर्छिन्, कतिखेर धुलो माटो, पांगो हिलो आउँछ ठेगान हुन्न भनी । उनले गहभरि आँसु पार्दै भनिन् साना देखी वृद्धअवस्था सम्मको परिवार घरमा छन् बर्खाको समयमा कतिखेर माटो वा हिलो पहिरो आउँछ ठेगान हुन्न, दिउँसो भएत देखिन्छ तर रातीको समयमा यस्तो भयो भने हाम्रो परिवार रहन्नौं । घर जग्गाको दुबै क्षेत्रमा खोल्छा रहेकाले डराईडराई बाच्नुपरेको दुखेसो पोखिन् ।

संघका वडा अध्यक्ष जितन चेपाङले स्थानीय सरकारले ध्यान दिएन् हुन्छ गर्छौ भन्दै आश्वासन मात्रै दिएको बताए । उनले खानी क्षेत्रमा हामीप्रति डरधम्की समेत दिने गरेका छन् । अस्थायी प्रहरी चौकी खानी क्षेत्रमा राखेता पनि प्रहरी प्रशासनले उद्योग र ठुलामान्छेको मात्रै कुरा मान्ने गरेको उनले बताए । खानी सुरुहुनु भन्दा ७०-८० घर रहेको हाल हामी ९ घर मात्रै रहेको अध्यक्ष चेपाङले बताए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *