हेटौंडा/प्याव्सन नगर समिति हेटौंडाको आयोजनामा भएको अङ्ग्रेजी ‘स्पेलिङ’ प्रतियोगितामा सनराइज इंग्लिस सेकेण्डरी स्कूल प्रथम भएको छ । शुक्रबार हेटौंडाको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा नगरका २२ वटा संस्थागत विद्यालयले सहभागिता जनाएका थिए ।
सनराइज विद्यालयबाट कृशा बल, अग्रिम अधिकारी र फुर्साङ लो तामाङ रहेका थिए । प्रतियोगितामा सत्यम जेभियर्स विद्यालय द्वितीय हुँदा बालजागृति इंग्लिस सेकेण्डरी स्कूल तृतीय भयो । सत्यम विद्यालयबाट सारा भोलन, कन्चन लामा र अनुप देवकोटा रहेका थिए भने बालजागृति विद्यालयबाट एमि श्रेष्ठ, अमेस्का मैनाली र रोमिस्का सुनार रहेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनुभएका विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । नवोदय विद्यालयका सह प्रधानाध्यापक दुर्गा भट्टराईकोे अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन मकवानपुरका सचिव नवीन केसीको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक संगम चौलागाई र उत्तम अर्यालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।







