पहिलो खेलमै मकवानपुर बारासँग पराजित

हेटौंडा, जनकपुरधाममा जारी ‘मेयर कप’ टी–२० क्रिकेट प्रतियोगितामा मकवानपुर क्रिकेट टिम पहिलो खेलमै बारासँग पराजित भएको हो। शुक्रबार भएको प्रतियोगितामा बारासँग मकवानपुर २० रनले पराजित भएको हो ।

ADVERTISEMENT

शुरुमा टस टिजेर ब्याटिङ रोजेको बाराले पूरै ओभर खेल्दै ७ विकेटको नोक्सानीमा १४४ रन बनायो । बाराको लागि साहिल पट्टेलले २८ बलको सामना गर्दै ४१ रन, अरनिको यादवले ३४ बलको सामना गर्दै ३४ रन, पवन सराफले २७ रन जोडेका थिए । मकवानपुरको लागि विशाला फुयाँलले २ विकेट, रामनरेश गिरी, रिजन ढकाल र शुभ कंसाकारले समान १ विकेट लिएका थिए।
१ सय ४५ रनको सम्मानजनक लक्ष्य पाएको मकवानपुरले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १२४ रनमै सिमित रह्यो । मकवानपुरको लागि गौरभ खड्काले ३० रन बाहेक अरु खेलाडीले खासै रन बटुल्न सकेनन् । मकवानपुरको कप्तान सम्हालेका सुमन सुनारले १३ रन, शुभ कंसाकारले १७ रन, विशाल फुयाँल २३ रन बनाए ।

बाराको लागि अनिलकुमार शाहले ३ विकेट, कुमार थापा र अरनिको यादवले समान २ विकेट, पवन सराफ र निखिलकुमार सिंहले समान १ विकेट लिए । बाराको अरनिको यादव म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको खेल तालिक अनुसार मकवानपुरले आज शनिबार रौतहटसँग खेल्दैछ । १२ टिमको सहभागीता रहेको प्रतियोगिताको विजेता टिमले नगद २ लाख ५१ हजार र उपविजेताले १ लाख ५१ हजार पुरस्कार सहितट्रफी प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *