प्रदेशका दुई जना नवनियुक्त मन्त्रीले लिए शपथ

हेटौंडा, बागमती प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामालाई आइतबार मन्त्रीमा नियुक्त गरेका थिए ।

बहादुरलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थ लामालाई खानेपानी तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ। प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामालाई आइतबार मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रदेशका ११ मन्त्रालयमध्ये ४ वटामा माओवादी केन्द्रका मन्त्री छन् भने २ मन्त्रालयमा कांग्रेसका मन्त्री नियुक्त भएका छन् । यसअघि रिक्त रहेका ७ मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले आफै समाल्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button