सुनचाँदी व्यवसायी आन्दोलित, व्यवसाय बन्दको घोषणा

हेटौंडा, सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन, चाँदी र बहुमूल्य पत्थरमा गरिएको करको विरोधमा सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। मकवानपुर सुनचाँदी व्यवसायी संघले बुधबार पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।

ADVERTISEMENT

संघका अध्यक्ष पवन कुमार शाक्यले राज्यकै कारण आफूहरू सडकमा उत्रिन बाध्य भएको बताउँदै कर वृद्धिको प्रत्यक्ष असर व्यवसायी मात्र होइन, उपभोक्तामा पनि पर्ने बताएका छन्। सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० लगाउने घोषणा गरेपछि व्यवसायी आन्दोलित बनेका हुन्।

यसअघि १० लाख रुपैयाँभन्दा बढी मूल्यका सुनका गहनामा मात्र २ प्रतिशत विलासिता कर लाग्दथ्यो। व्यवसायीहरूले सुनको भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने माग राख्दै आएका छन्। त्यस्तै, १५–२० वर्षदेखि माग गर्दै आएको नीति निर्देशिका तत्काल ल्याउन पनि संघले सरकारलाई आग्रह गरेको छ।

ADVERTISEMENT

अध्यक्ष शाक्यका अनुसार नयाँ कर प्रणालीले १ तोलाको गहना बनाउँदा सुनको मूल्यबाहेक थप ३५ हजार रुपैयाँ लागत बढ्नेछ, जसले व्यवसाय नै धरापमा पार्ने खतरा छ। संघको अनुसार केन्द्रको निर्देशनमा जेठ २८ र २९ गते सुनचाँदी व्यवसाय बन्द गरी कालीगढसहित प्रदर्शन गरिनेछ। यसअघि, जेठ २६ गते व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya