हेटौँडा, हेटौँडा उपमहानगरपालिकाको ३९ औं कार्यपालिका बैठक सामाजिक सञ्जालबाट शुक्रबार प्रत्यक्ष प्रसारण भएको छ ।

पालिकोको बैठकका निर्णय सार्वजनिक नभएको भन्दै सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमबाट सार्वजनिक भइरहेको समयमा पालिकाको बैठक सामाजिक सञ्जालमार्फत पहिलो पटक प्रत्यक्ष प्रसारण गरिएको हो।
नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको बैठकमा आर्थिक सहयोग प्रदान, भगिनी सम्बन्ध, पर्यटन प्रवर्धन, सामुदायिक संस्थाहरुलाई जग्गा उपलब्ध गराउनेलगायतको विषयमा कार्यपालिका बैठकमा छलफल भएको थियो ।







