हेटौंडा, हेटौंडा–१८ हर्नामाडी ठूलोदमारका १८६ वटा धारा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको छ । उपभोक्ता समिति मार्फत् रहेका धाराहरु बोर्डमा हस्तान्तरण हुने क्रममा ठूलोदमारका धाराहरुलाई हस्तान्तरण गरिएको हो ।
हर्नामाडी डीप बोरिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अन्तर्गत्का १८६ वटा धारा बोर्ड मातहत हस्तान्तरण गरिएको हो ।
उपभोक्ता समिति मार्फत् छरिएर रहेका धाराहरु बोर्डको सेवा चुस्तदुरुस्त भएपछि धमाधम हस्तान्तरण भइरहेको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले बताए । उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण बानिया“ले बोर्डका अध्यक्ष प्रताप विष्टलाई सम्पूर्ण कागजात हस्तान्तरण गरेका थिए । कार्यक्रममा हेटौंडामा उपमहानगरपालिकाका उपमेयर राजेश बानिया“, १८ नम्बर वडा अध्यक्ष अनिलकुमार बानिया“, पूर्व गाविस अध्यक्ष शिवबहादुर रिजाल, बोर्ड सदस्य इन्द्रप्रसाद नेपाल, बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटा, हर्नामाडी सहलगानी खानेपानी समिति अध्यक्ष केशव पण्डित लगायतको आतिथ्यता थियो । बोर्ड मातहत आएस“गै स्थानीयले न्यूनतम पानी महसुलमा छुट प्राप्त गर्नुका साथै धारा जडान शुल्कमा सहुलियत प्राप्त गर्नेछन् । हाल उपभोक्ता समिति मार्फत् धारा जडान गर्दा १० हजार रुपैया“ तिर्दै आएका उपभोक्ताले अब ३ हजार ८५० रुपैया तिरे पुग्छ।
अब उपमहानगरपालिकाले तोके अनुसारको न्यूनतम महसुल यसै महिनाबाट छुट गर्ने व्यवस्था मिलाउने बोर्ड अध्यक्ष विष्टले प्रतिबद्धता जनाए । मासिक १० हजार लिटरसम्म पानी नगरका उपभोक्ताले निःशुल्क प्राप्त गरिरहेका छन् । नगरभर रहेका उपभोक्ता समितिलाई विस्तारै बोर्ड अन्तर्गत् ल्याउन छलफल भइरहेको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा हेटौंडा–१० न्यूरेनीमा रहेको उपभोक्ता समितिको १५० वटा धारा बोर्डमा आइसकेको छ । हेटौंडा–१४ बनेलधापमा रहेको २ लाख ५० हजार लिटर क्षमताको पानी ट्यांकी समेत बोर्डमा हस्तान्तरण भैसकेको छ ।
हेटौंडा–१३ पदमपोखरीको ठूलोथली खानेपानी तथा उपभोक्ता समिति मार्फत्का एक हजारभन्दा बढी धारा बोर्ड मातहत चालु आर्थिक वर्षमै हस्तान्तरण हुने क्रममा रहेको छ । हेटौंडा–१८ हर्नामाडीमा रहेको सहलगानी, भौडी खानेपानी र बुदुने, हेटौंडा–३, बसामाडीको मिलन टोल तथा हेटौंडा–६ कल्याणटारस्थित खानेपानी उपभोक्ता समिति बोर्ड मातहत आउने क्रममा रहेको छ । बोर्डले हाल २३ हजार २७० धारा मार्फत दैनिक १ करोड ८५ लाख लिटर पानी वितरण गरिरहेको छ ।






