हेटौंडा, हेटौंडा ६ मा रहेको सुनगाभा शिक्षा निकेतनका १ सय १० जना विद्यार्थी दीक्षित भएका छन् । विद्यालयले शनिबार एक कार्यक्रमका बीच १ सय १० जना विद्यार्थीलाई दीक्षित गरेको हो ।
दीक्षित भएका विद्यार्थीहरुलाई विद्यालयले प्रमाणपत्र प्रदान गरेको थियो । सुनगाभा शिक्षा निकेतन विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।
दीक्षान्त कार्यक्रमले विद्यार्थीहरुको मनोबल उच्च हुने भएकोले कार्यक्रम आयोजना गरेको विद्यालयका प्रिन्सिपल अरुण पराजुलीले जानकारी दिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल पराजुलीले विद्यालयको गतिविधिलगायतको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक खडानन्द चौलागाई, निवर्तमान अध्यक्ष बासुदेव अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।







