हेटौंडा, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसमा भएको विजनेश आइडिया प्रतियोगितामा उत्कृष्ट तीन समूह छनौट भएका छन् । नौँ वटा समूहले जनाएको प्रतियोगितामा डिजि प्रभात, ग्रीन गोदाम र द एड मेकर्स समूहहरु उत्कृष्ट छनौट भएका थिए ।
प्रतियोगितामा मेगा बैंक हेटौंडा शाखाका प्रमुख माधवी बोसी, प्याक्ट ग्रुपका जेनेरल म्यानेजर शान्ती रामज धिमाल, हेटौंडा स्कूल अफ म्यानेजमेन्टका योजना तथा विकास निर्देशक दीपेश जोशीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । बिज क्रेयटर ल्याभका मेन्टर अनुराग अधिकारी र आयुष भोम्जनको संयोजकत्वमा कार्यक्रम भएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई व्यवसायी सिर्जना गर्नको लागि नगद १० हजार रुपैयाँ र प्रतियोगितामा सहभागिता जनाएका समूहलाई नगद ५ हजार रुपैयाँ क्याम्पसले प्रदान गर्ने छ ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले बिजनेस इन्क्युबेशन सेन्टरलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको हो । म्यानेजमेन्टले आफ्ना विद्यार्थीहरुलाई समयसापेक्ष व्यावहारिक सीप दिलाउने तथा उनीहरुको आन्तरिक क्षमता अभिबृद्धिका लागि बिजनेस इन्क्युबेशन सेन्टरमार्फत विभिन्न कार्यशालाहरु सञ्चालन गरिरहेको छ ।







