कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

हेटौँडा, नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। तय गरिएको तालिकाअनुसार नेता चयनको लागि मतदान आगामी साउन १४ गते, बुधबार हुने भएको छ।

ADVERTISEMENT

निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत साउन १४ गते बिहान ८ बजे मतदाता नामावली सार्वजनिक गरिनेछ। नामावलीमा दाबी तथा विरोध बिहान ८:३० देखि ९ बजेभित्र गर्न सकिनेछ।
उम्मेदवार दर्ताको समय बिहान १० बजेदेखि ११ बजेसम्म कायम गरिएको छ। दर्तापछि उम्मेदवारहरूको प्रारम्भिक नामावली बिहान ११:३० बजे प्रकाशित गरिनेछ। उम्मेदवारी फिर्ता दिनको लागि दिउँसो १२ बजेसम्मको समय तोकिएको छ। अन्तिम उम्मेदवारको नामावली दिउँसो १ बजे सार्वजनिक गरिनेछ।

मतदान प्रक्रिया सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा सञ्चालन हुनेछ। मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने र सोही दिन निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। समितिमा संयोजक श्रेष्ठसहित ऋषिराम घिमिरे र जीवन ढुङ्गेल सदस्य रहेका छन्।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *