मकवानपुर ६ स्वर्णसहित तेस्रो स्थानमा

हेटौंडा, राष्ट्रपति रनिङ शिल्ड बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा मकवानपुर तेस्रो भएको छ । मकवानपुरले ६ स्वर्ण ५ रजत र ६ काश्य सहित तेस्रो भएको हो । प्रतियोगितामा काठमाडौंले १७ स्वर्णसहित प्रथम हुँदा चितवनले १० स्वर्ण प्राप्त गरी द्वितीय भएको छ ।

मकवानपुरका लागि दिना गोपालीले २ स्वर्ण जिताउन सफल भइन् । उनले १०० मिटर दौड र २ सय मिटर दौड प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । ४ सय मिटर दौड प्रतियोगितामा आयुष नेगी, १०० मिटर रिले दौडमा आयुष नेगी, सुमन योन्जन, सुजन राई, पाण्डव राईले स्वर्ण जितेका थिए भने ४ सय मिटर रिले दौडमा आयुष नेगी, सुमन योन्जन, सुजन राई जिकेश सापकोटा र ज्याब्लिङ थ्रोमा सुमन योन्जनले मकवानपुरका लागि स्वर्ण जिताउन सफल भए ।

रजत जित्नेमा मकवानपुरको तर्फबाट ८ सय मिटर दौडमा सुमन योन्जन, १ सय मिटरमा सुजन राई, तेक्वान्दो महिलातर्फ ४४ केजीमा कविना राई र ४७ केजी तौल समूहमा सोनिया श्रेष्ठ, भलिवल महिला टिम रहेका छन् । यसैगरी काश्यमा तेक्वान्दो पुरुषमा ४७ केजीमा अरविन घले, पुरुष भलिबल टिम, कबड्डी महिला तथा पुरुष टिम, कराते पुरुषमा ५२ केजी तौल समूहका राज भोलन र ४७ केजी तौल समूहका रोहित रुम्बा रहेका छन् ।

Advertisement 3

प्रदेशस्तरीय खेलमा मकवानपुर जिल्लाबाट ८४ जना खेलाडी सहभागी भएका थिए । जिल्लामा विजेता भएका खेलाडीलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिले ५ दिन बन्द प्रशिक्षणको समेत व्यवस्था गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *