प्रस्तावित विद्यालय शिक्षा ऐन संशोधन गर्न माग

हेटौंडा, प्रस्तावित विद्यालय शिक्षा ऐन संशोधन गरी गणतान्त्रिक अभ्यास मिलाइदिनको लागि नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसक्षम आग्रह गरेका छन् ।

ADVERTISEMENT

शुक्रबार नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरद्वारा प्रस्तावित विद्यालय शिक्षा ऐन परिमार्जनका लागि लिखित सुझाव प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई र शिक्षा बिकास तथा समन्वय ईकाई मार्फत शिक्षा मन्त्रीलाई सुझाव पत्र बुझाइएको हो । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमलाई नेपाल
राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालको नेतृत्वमा सुझावपत्र बुझाइएको हो ।

५२ वर्षपछि मुलुकले निरङ्कुश पञ्चायतकालीन शिक्षा ऐन र त्यसबाट पाएको सास्तीबाट मुक्ति पाउने तर्खर गर्दै गर्दा नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित भएको भनी विभिन्न सञ्चार माध्यमक र सामाजिक सञ्जालभरी चर्चामा रहेको प्रस्तावित विद्यालय शिक्षा ऐन आधिकारी र सत्य हो भने त्यसप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

ADVERTISEMENT

यो पञ्चायतकालीन शिक्षा ऐन र त्यसको निरंकुशतावाद भन्दा अझैँ पश्चगामी भएको ठहर गर्दै पेशाकर्मीलाई नेपालको संविधान २०७२ ले दिएको मौलिक हक अन्तर्गत भाग ३ धारा १७ स्वतन्त्रताको हक समेत प्रतिकुल हुनेगरी अंकुश लगाउँदै जारी हुने तरखरमा रहेको प्रस्तावित विद्यालय शिक्षा ऐन वीर सहिदको बलिदानी, आम नेपालीको सपना र शिक्षाकर्मीहरुको उपहार बाहेक अरु केही पनि हुन नसक्ने नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *