हेटौंडा ८ मा वडा स्तरीय बाल सञ्जाल गठन

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–८ मा बालमैत्री नगर घोषणा अभियान अन्तरगत वडा स्तरीय वाल सञ्जाल गठन गरिएको छ ।

ADVERTISEMENT

आगामि मंसिर सम्ममा उपमहानगरलाई बालमैत्री शासन युक्त पालीका घोषणाको तयारी अनुसार हेटौंडा–८ मा प्रकृति भण्डारीको अध्यक्षतामा २५ सदस्य वडा स्तरीय बाल सञ्जाल गठन भएको हो ।

१९ वटा टोल बिकास सस्थाहरु रहेको वडामा १७ वटा टोल स्तरीय बाल सञ्जालमा रहेका र वडामा रहेको ४ वटा बिद्यालयमा अध्ययनरत बालबालिकालाई समेटेर वडा स्तरीय सञ्जाल गठन गरीएको वडा सहजकर्ता रोजिता दंगालले बताइन् ।

सञ्जाल गठन कार्यक्रममा एक्प्याट लक्जम्वर्गको सहयोगमा प्राप्त शैक्षिक सामग्री सहितको बाकसलाई टोलहरुमा गठन भएको वाल सञ्जाललाई हस्तान्तरण गरीएको थियो । कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिका महिला तथा वालबालिका महशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बाल सञ्जाल गठन र यसको महत्वका बारेमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण थापाले बालमैत्री अभियानमा बल सञ्जाल समुहको महत्वपुर्ण भूमिका रहने बताए । उनले आउँदो असोज १५ सम्म वडालाई बालमैत्री घोषणा गर्ने अभियानमा सहजिकरण गर्दै अघि बढ्ने बताए । उपमहानगरलाई बालमैत्री पालिकाको रुपमा बिकास गर्न वडाहरुको भूमिका महत्वपुर्ण रहने भन्दै अभियानलाई सफल बनाउँने काममा समन्वय गर्न तयार रहेको बताए । उनले बालमैत्री नगर घोषणाको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

Advertisement 5

वडा अध्यक्ष थापाको अध्यक्षतामा चन्द्रोदय माध्यमिक बिद्यालयमा भएको कार्यक्रममा वडा सदस्य गोरखनाथ राय, टोल बिकास सस्था वडा समन्वय समितिका संयोजक बिष्णु अर्याल, सामुदायीक सेवा केन्द्र हेटौंडाका राम बिष्ट, बडा स्तरीय बिभिन्न दलका प्रमुख तथा प्रतिनिधी सहित वडा वासीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *