हेटौंडा, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्लाको आयोजनामा जिल्लास्तरीय कार्यशाला तथा नेतृत्व विकास तालिम शनिबार हेटौंडामा भएको छ । संगठन अध्यक्ष श्रीराम दाहालको सभाध्यक्ष्यता तथा संगठनका केन्द्रीय महासचिव हंश शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।
१० वटा पालिका, शिक्षक हित साकोस र संस्थागत विद्यालय गरी १२ ओटा समूहमा दुई वटा अनुसूची फारम वितरण गरी समूहगत रूपमा छलफल गराएर समूह लिडरले प्रस्तुति दिँदै संगठन सुदृढीकरणका लागि रणनीति तथा कार्ययोजना निर्माण गरिएको थियो । जिल्लास्तरीय कार्यशाला तथा नेतृत्व विकास तालिमको बारेमा जिल्ला अध्यक्ष श्रीराम दाहालले प्रष्ट पारेका थिए भने सहजीकरण संगठनका केन्द्रीय महासचिव हंश शाहीले गरेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि संठनका केन्द्रीय महासचिव हंश शाही, संगठनका केन्द्रीय सदस्य लक्ष्मी गजुरेल, संठनका पूर्व केन्द्रीय सदस्य पद्मा पौडेल, संगठनका बागमती प्रदेश महासचिव पूर्ण पुरी, नेकपा एमाले जिल्ला सचिव नवीन सिग्देल, जनवर्गीय संगठनका इन्चार्ज तथा नेकपा एमाले जिल्ला सहसचिव हिदम लामा र संगठनका चितवन जिल्ला अध्यक्ष तेजेन्द्र भुसाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बागमती प्रदेश समितिका महासचिव पूर्ण पुरी, कोषाध्यक्ष लक्ष्मी चौलागाईं, प्रदेश सदस्यहरू सुनिल गौतम, बालकुमार श्रेष्ठ, दीपक गौतम, लक्ष्मी प्याकुरेल र देवी बुढाथोकी, चितवन जिल्ला अध्यक्ष तेजेन्द्र भुसाल, शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकाल, पेशागत महासंघ बागमती प्रदेशका उपाध्यक्ष सिताराम दाहाल, नगर अध्यक्ष गोपिरमण प्याकुरेल लगायतको उपस्थिति रहेको प्रचार विभाग प्रमुख डीबी बर्तौलाले जानकारी दिए ।







