वंशगोपाल माविको भेलाले ५ वर्षे कार्ययोजना निर्माण

हेटौंडा, हेटौंडा–६ स्थित चौघडामा रहेको वंशगोपाल माध्यमिक विद्यालयको अभिभावक भेलाले ५ बर्षे कार्ययोजना निर्माण गरेको छ । शुक्रबार भएको १७ औं अभिभावक भेलाले विद्यालयको विकासका निम्ति ५ बर्षे कार्ययोजना बनाएको हो । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा भेला भएको हो । उनले शैक्षिक क्षेत्रको विकासका लागि आवश्यक सहयोग एवम् समन्वयका लागि तयार रहेको बताइन् ।

ADVERTISEMENT

अब मन्त्रालयले प्राविधिक शिक्षा र व्यवसायिक शिक्षामा काम गर्ने उद्घोष गरिन् । भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले विद्यालयको ५ वर्षे कार्ययोजना सार्वजनिक गर्दै ५ वर्षभित्र सुविधा सम्पन्न विद्यालय बनाउने र प्राविधिक, व्यवसायिक र रोजगारमुलक शिक्षामा जोड दिने बताए ।

अभिभावक भेलामा विद्यालयका प्राचार्य रमेशप्रसाद लामिछानेले विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक प्रतिवेदन पेश गरेका थिए । भेलामा हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य लेखराज ढकाल, मुना विश्वकर्मा, शिक्षा विकास समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, भूमि आयोग मकवानपुरका सदस्य अर्जुनप्रसाद चौलागाई लगायतको आतिथ्यता थियो ।

भेलामा कक्षा १ देखि कक्षागत रुपमा प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीहरुलाई कपी, कलम र विषयगत पुस्तक प्रदान गरिएको थियो । यस विद्यालयमा प्राविधिक शिक्षालयमा समेत गरी करिब १ हजार १ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya