हेटौँडा, नेतृत्व र व्यक्तित्व बिकासमा अग्रणी भुमिका निर्वाह गर्ने संस्था नेपाल जेसीज अन्तर्गत शाखाका कार्यकारिणी उपाध्यक्ष तथा महासचिवको भेला सौराहामा हुने भएको छ । यही मङ्सिर ५ र ६ गते महासचिव तथा मंसिर ६ र ७ गते कार्यकारिणी उपाध्यक्षहरुको भेला हुने भएको हो ।
नेपाल जेसीज अन्तर्गत देशभर १८४ शाखा रहेका छन भने प्रत्येक शाखामा २ जना कार्यकारिणी उपाध्यक्षहरु रहने व्यवस्था रहेको छ । देशभरका शाखाहरुलाइ ४ वटा क्षेत्रमा विभाजन गरिएको छ । जेसीजमा एक ब्यक्ति एक पद र एक कार्यकाल हुन्छ भने कार्यकारिणी उपाध्यक्षहरुलाई शाखाको आगामी नेतृत्वको लागि उपयुक्त व्यक्तिको रुपमा हेर्ने गरिन्छ ।
यस भेलाले संवाद र आत्मियताको निरन्तरता हो। सहभागीहरुले आपसको अनुभव र सिकाइ साटासाट गर्ने, शाखागत कार्यशैली नजिकबाट बुझ्ने तथा पारस्परिक सम्बन्ध सुदृढ गर्ने अपेक्षा गरिएको हेटौँडा जेसीजका महासचिव संजय न्यौपानेले जानकारी दिए ।
सौराहामा हुने यो भेटघाटलाई शाखाहरूबिचको सम्पर्क, सहकार्य र मैत्रीपूर्ण सम्बन्ध विस्तारको अवसरका रूपमा लिइएको छ।






