मामाघर संस्थालाई ९० हजार सहयोग

हेटौंडा, सडक बालबालिकाको उद्दार, संरक्षण एवम् पालनपोषण गर्दै आएको मामाघर नेपाल मकवानपुर संस्थालाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । मकवानपुरको थाहा नगरपालिका स्थायी घर भई हाल अमेरिकाको मेलबर्न बस्दै आएका विश्वराम गोपाली, प्रदीप विडारी र जोनी गोत्राले नगद ९० हजार रुपैया“ सहयोग गरेका हुन् ।

ADVERTISEMENT

मामाघर नेपाल संस्थाको स्थापनाकालदेखी नै विभिन्न सहयोग पु¥याउँदै आएका विश्वराम गोपालीले अहिले नेपाल आएको मौकामा संस्थामै उपस्थित भएर सहयोग रकम हस्तान्तरण गरेका हुन् । मामाघरले २०६८ सालदेखि हेटौंडा र आसपासका क्षेत्रमा सडक बालबालिकाको आपतकालीन राहत, उद्दार, परामर्श, आवासीय सुविधा, औपचारिक शिक्षा र सीप प्रदान गर्दै आएको छ ।

यो संस्था स्थानीय दान, चन्दा र उपहारमा सञ्चालित सामाजिक संस्था हो । यो सहयोगले संस्थामा रहेका बालकहरुको पढाई एवम् पालनपोषणमा राहत पुगेकोे मामाघर नेपाल मकवानपुरका संरक्षक अर्पण पराजुलीले बताए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *