हेटौंडा, क्याम्पा रंगशालामा भएको दोश्रो अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकालाई प्रथम बनाउँने खेलाडिलाई सम्मान गरीएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा मकवानपुर गढी गाउँपालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधिमा कव्जा जमाएको थियो । प्रतियोगितामा पालिकालाई उपाधि सहित २ लाख रुपियाँ नगद दिलाएका खेलाडि र अफिसीएल टिमलाई उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ सहितको टिमले सम्मान गरेका हुन् ।
खेलाडिलाई नगरप्रमुख लामाले नगद ६ हजार ५ सय रुपियाँ हस्तान्तरण गर्दा उपप्रमुख बानियाँले खादा लगाएका थिए । पुरस्कार बितरण गर्दै उपमहानगरका प्रमुख लामाले खेल जिवनमा थप प्रगतीको शुभकामना दिइन् । उनले खेलकुदको बिकासका लागि उपमहानगर लागि रहेको भन्दै चालु आर्थिक बर्षमै ठुलो लगानी खेलकुदमा गरेको बताइन् । नगरमा खेलकुदको बिकासका लागि मैदान निर्माण, शारिरीक व्यामका लागि खुल्ला व्याम केन्द्र सहितको अबधारणामा उपमहानगर अघि बढेको जानकारी दिइन् ।
नगर खेलकुद बिकास समितिले उपमहानगरको तर्फबाट संयोजन गरेको प्रतियोगितामा सहभागि खेलाडिलाई थप पुरस्कारको रुपमा करिब ५ हजार बरारबको खेल जुत्ता ९फुटबल वुट० दिने बताइएको छ ।प्रतियोगितामा सहभागि भएर उपमहानगरपालिकालाई प्रथम बनाएकामा सम्पुर्ण खेलाडि तथा अफिसीएललाई नगर खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाहीले धन्यवाद दिएका थिए ।
सम्मान कार्यक्रममा हेटौंडा(१ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सबिन न्यौपाने, हेटौंडा– ८ का अध्यक्ष रामकृष्ण थापा, ९ का अध्यक्ष सुकराम केसीको उपस्थिती रहेको थियो । अन्तरपालिका स्तरीय खेलमा हेटौंडा उपमहानगरपालिकाले मकवानपुर गढी गाउँपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै खेललाई आफ्नो पक्षमा पारेको थियो । जित हासिल गरेका टिमले शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।