आशा विशेष पाठशालाको अभिभावक भेला

हेटौंडा, हेटौंडा ७ कमानेमा रहेको आशा फाउण्डेसनद्धारा सञ्चालित आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको अभिभावक भेला शनिबार हेटौंडामा भएको छ । विस २०७३ सालमा स्थापना गरिएको पुर्नस्थापना केन्द्रका अध्यक्ष बालकृष्ण चौलागाईको सभाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा भेला भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख घलानले बालबालिका तथा व्यक्तिहरुमा लुकेको प्रतिभालाई पहिचान गरि समाज उजागर गर्ने कार्य एकदम सराहनीय भएको बताए । उनले आगामी दिनमा स्थानीय निकाय र राज्यले सहयोग गर्नुपर्ने साथै जिससले पनि सकेको सहयोग र समन्वय गर्नेमा प्रतिवद्धता व्यक्त गरेका छन् ।

ADVERTISEMENT

कार्यक्रममा आशा विशेष पाठशाला तता पुर्नस्थापना केन्द्रका संरक्षक आईनाले आफ्नो सुरुवाती अवस्था देखी अहिले सम्म आइपुग्दा यहाँहरु सबैको साथ, समन्वय र सहयोगले सफलता मिलेको बताइन् । उनले आगामी दिनहरुमा पनि यस्तै साथ, सहयोग, उत्प्रेरणा र समन्वय रहिरहने विश्वास लिएको बताइन् । केन्द्रका अध्यक्ष बालकृष्ण चौलागाईले विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए भने विद्यालयका प्रिन्सीपल रुपा कार्कीले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो प्रतिभा नृत्य, गीत, कविता एकल तथा सामूहिक रुपमा प्रस्तुत गरेका थिए । साथै विद्यार्थीहरुद्धारा तयार पारिएको हस्तकलाका सामाग्रीहरु भेलामा प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रका संस्थापक संरक्षक आमा आईना वार्का, वडा ७ का अध्यक्ष दामोदर गौतम, फाउण्डेसन संस्थापक अध्यक्ष कैलाश न्यौपाने, शिक्षाविद् मोहन ज्ञवाली र दिवाकर चापागाई, केन्द्रका पूर्व अध्यक्ष प्रकाश पौडेल, वडा ६ का वडा सदस्य विजय पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको आतिथ्यता रहेका थियो ।

पाठशालामा डाउन्सिन्ड्रोम, अर्टिजम, सीपि स्नायु पक्षघात, बौद्धिक तथा शारिरीक रुपमा भिन्न क्षमता भएका ५५ जना बालबालिका तथा युवाहरु अध्ययनरत रहेका छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *