हेटौँडा, अप्टिकल (चस्मा) व्यवसायी संघ मकवानपुरको अध्यक्षमा सुदिप ठकुरी चयन भएका छन् । शनिबार हेटौंडामा भएको भेलाले हेटौंडाका युवा व्यवसायी सुदीपसिंह ठकुरीको अध्यक्षतामा अप्टिकल व्यवसायी संघ मकवानपुर गठन गरिएको हो ।
संघको उपाध्यक्षमा अशोक सिंह, सचिवमा गणेशप्रसाद दहाल र कोषाध्यक्षमा रिना दुवाडी ठकुरी चयन भएका छन् ।
भेलाले सदस्यमा इन्द्रचन्द बानियाँ, धिरज भण्डारी, पूर्णबहादुर थिङ, शेखर बलामी र यहसान अन्सारी चयन गरेको छ ।
अप्टिकल व्यवसायी संघ नेपालका अध्यक्ष उमेशकुमार तुलाधर, उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव रविन्द्र पाठक, सचिव ज्ञानेन्द्र अधिकारी, कोषाध्यक्ष वर्षा बुढाथोकी, उपसचिव देवेन्द्र मास्केको उपस्थितिमा मकवानपुरका व्यवसायीको भेला भएको हो ।







