च्यालेन्ज कप फुटबल प्रतियोगिताका लागि पाण्डेको सहयोग

हेटौंडा, आगामी मंसिर ५ गतेदेखिबाट शुरु हुन लागेको यु–२१ हेटौडा च्यालेञ्ज कप फुटबल प्रतियोगिताको लागि जेनिथ विद्यालय र हेटौंडा सिटी कलेजका सञ्चालक अनिल पाण्डेले सहयोग गरेका छन् । उनले नगद ५५ हजार रुपैयाँ सहयोग गरेका हुन् । पाण्डेले प्रतियोगिता आयोजनाका लागि सहयोग गर्न स्वतःस्फूर्तरुपमा सहयोग गर्नुभएको प्रतियोगिताको आयोजक एफसी मुण्डियालका सञ्चालक सुविन घिमिरेले जानकारी दिए ।

ADVERTISEMENT

एफसी मुण्डियाल हेटौडाको आयोजनामा हुन गईरहेको प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न स्व. सुदर्शन घिमिरेको स्मृतिमा सुष्मा घिमिरे र सपरिवारको तर्फबाट प्रथम पुरस्कार वापतको १ लाख ११ हजार १११ रुपैयाँ आयोजक क्लबलाई हस्तान्तरण गरिएको हो ।

यो पुरस्कार प्रायोजनसँगै प्रतियोगिताको नाम स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कप हुने आयोजक क्लबका कार्यक्रम संयोजक सुदिप सिंह ठकुरीले बताए । जिल्लामा रहेका युवा फुटबल खेलाडीहरुलाई अवसर प्रदान गर्नकै लागि प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *