मुख्य न्यायाधिवक्ताको कार्यालय हेटौंडा स्थापना दिवस

हेटौंडा, बागमती प्रदेशको राजधानी हेटौंडामा सोमवार मुख्य न्यायधिवक्ताको कार्यालय स्थापना दिवस मनाइएको छ । वि.सं. २०७४ चैत्र १२ गते यस कार्यालयको स्थापना भएको ७ वर्ष पूरा भएको अवसरमा सोमबार बागमती प्रदेशको राजधानी हेटौँडामा कार्यालयले स्थापना दिवस मनाएको हो ।

कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथिको मन्तव्य राख्दै जिसस प्रमुख घलानले बागमती प्रदेशमा निर्माण भएका निति नियमलाई कार्यान्वयन गर्न कार्यालय थप जिम्मेवार हुनुपर्ने औँल्याएका थिए । मुख्य न्यायाधिवक्ता कार्यालयको भूमिका संघीयतालाई सशक्त बनाई प्रदेशको कार्यगत स्वतन्त्रता तथा संविधानले निर्दिष्ट गरेबमोजिम प्रादेशिक आन्तरिक आत्मनिर्णयको अधिकारलाई अदालतमा समेत प्रतिरक्षा गर्ने रहेको र आफुहरुले त्यस भूमिकालाई सक्रिय रुपमा निर्वाह गरीरहेको मुख्य न्यायाधिवक्ताको कार्यालय बागमतीका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले दावी गरे ।

कार्यक्रममा सस्थापक न्याधिवक्ता सुर्यचन्द्र न्यौपानेले न्यायाधिवक्ताहरुका लागि ऐन नियम र व्यवहार साघुँरो रहेको बताए । स्थापना दिवसको अवसरमा कार्यालयका सहयोगी अमृत बर्तौलालाई नगद रु ५ हजार रुपैँयासहित सम्मान गरीएको हो ।
कार्यक्रममा मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेश मुख्य न्यायाधीवक्ता ज्ञानेन्द्र न्यौपाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, संस्थापक न्याधिवक्ता सुर्य चन्द्र न्यौपाने, उच्च अदालत बार एशोसियसनका अध्यक्ष अरुण कुमार खतिवडा, उच्च अदालत पाटन हेटौंडा इजलासका श्रेष्तेदार रामप्यारी सुनुवारलगायतको आतिथ्यता रहेको थियो ।

निबन्ध प्रतियोगितामा चालिसे प्रथम
मुख्य न्यायधिवक्ताको कार्यालय स्थापना दिवसको अवसरमा आयोजना गरिएको निबन्ध प्रतियोगितामा विरेन्द्रनगर सुर्खेतका ओम प्रकाश चालिसे प्रथम भएका छन् । कर्णाली प्रदेशसभामा सहलेखापालको पदमा कार्यरत चालिसेले प्रथम भएसँगै नगद दश हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

“संघीयताको सुदृढीकरणमा मुख्य न्यायाधिवक्ताको भूमिका” विषयक निबन्ध प्रतियोगितामा सिमरौनगढ नगरपालिका–१० बारा निवासी ऋतिक यादव द्वितीय भए । उनले प्रमाणपत्र सहित सात हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उनी काठमाण्डौ स्कुल अफ ल को विए एल.एल.वि. पाँचौ वर्षमा अध्ययनरत छन् । त्यस्तै पृथ्वीनारायण क्याम्पस पोखरामा वि.ए.एल.एल.वि. चौथो सेमेस्टरमा अध्ययनरत कृष्णध्वज बस्नेत तृतीय भए । उनले नगदपाँच हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै पशुसेवा तालिम केन्द्रमा कार्यरत वासुदेव नाथ र फलेबास ७, पर्वत स्थायी ठेगाना भई हाल नेपाल ल क्याम्पसमा वि.ए.एल.एल.वि. चौथो सेमिस्टर अध्ययनरत शुभेक्षा पन्त सान्त्वना भए । उनीहरूले नगद चार हजार रुपैयाँसहित प्रमाणपत्र पाए । निबन्ध प्रतियोगितामा क्रमश प्रथम, द्वितीया, तृतीय र सान्त्वना हुनेलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले नगद, प्रमाणपत्र सहित पुरस्कार वितरण गरे । प्रतियोगिताका लागि कार्यालयको इमेलमा कुल ६७ वटा निबन्ध प्राप्त भएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button