शिक्षकद्वारा विद्यार्थीलाई कपडा सहयोग

हेटौंडा, हेटौंडा- ६ गौरीटारमा रहेको बाल जागृती युवा वर्ष माध्यामिक विद्यालयका शिक्षकहरुले आफ्ना विद्यार्थीहरुको लागि कपडा सहयोग गरेका छन् । विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखी ३ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई शिक्षकहरुले आफ्नो तलबबाट कटाएर कपडा वितरण गरेका हुन् ।

शिक्षकहरुले ३ कक्षा सम्म अध्ययन गर्ने ५० जना विद्यार्थीहरुलाई ट्राक सुट वितरण गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुखआतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष दाहालले विद्यालयलाई वडा कार्यालयले सहयोग गर्दै आईरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विद्यालय र विद्यार्थीलाई आवश्यकता पर्दा वडा कार्यालय सदैव साथमा रहेको उनले धारणा राखे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सम्झना अधिकारीले सहयोगको सुरुवात आफैबाट भन्ने उदेश्यले शिक्षकहरुबाट विद्यार्थीहरु लाई सहयोग गरिएको बताइन् ।

विद्यार्थी र शिक्षकको सम्बन्ध सुदृण बनाउन यस्ता खालका कामले थप सहयोग पुग्ने उनले बताइन् । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु लाई आवश्यकताको आधारमा आगामी दिनमा पनि सहयोग गर्ने र सहयोगी हातहरुलाई पनि विद्यालय सम्म ल्याउने वातावरण बनाउने प्रधानाध्यापक अधिकारीको धारणा छ । कार्यक्रममा हेटौंडा ६ का वडा सदस्य विजय पौडेल, सरिता सापकोटा, लेखराज ढकाल, शिक्षक अभिभावक संघका अध्यक्ष लोकनाथ चौलागाई, विद्यालयका सल्लाहकार शिव प्रसाद खनाल लगायत शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button