नेता बानियाँद्वारा गोरक्षनाथ मन्दिर उद्घाटन

हेटौंडा, २९ बैशाख/ हेटौंडा उपमहानगरपालिका १८ फुर्केचौरस्थित गोरक्षनाथ महादेव मन्दिर उद्घाटन गरिएको छ ।

ADVERTISEMENT

महादेव मन्दिर निर्माण समितिका अध्यक्ष सुर्यबहादुर पण्डितको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा शनिबार नवनिर्मित गोरक्षनाथ महादेवको मन्दिर उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नेता बानियाँले हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र गोरक्षनाथ महादेव मन्दिरको महत्व, यसको महिमा र साक्षात भगवानको रुपमा रहेकोले मन्दिरको प्रचारप्रसारका साथै यसको संरक्षण, प्रबद्धन तथा सदुपयोग गर्नतर्फ लाग्न ध्यानाकर्षण गराएका थिए ।

संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशबाट विनियोजित १५ लाख रुपैयाँबाट निर्माण भएको गोरक्षनाथ महादेव मन्दिर उद्घाटन कार्यक्रममा निर्माण समितिका पदाधिकारी तथा सदस्यहरु, स्थानीयवासीको सहभागिता रहेको थियोे ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *