रानी सामुदायिक वनद्वारा छात्रवृति वितरण

हेटौंडा, हेटौंडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले शुक्रवार छात्रवृति वितरण गरेको छ । समूहको चालु आव. ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार छात्रवृति वितरण गरेको समूहले जनाएको छ ।

ADVERTISEMENT

समूहले बंशगोपाल माध्यमिक विद्यालय हेटौडा–६ चौघडामा कक्षा ९ मा अध्ययनरत अस्ना राई, कक्षा १० मा अध्ययनरत विनिशा राई, भानु माध्यमिक विद्यालय, गढी–३ मक्रान्चुलीमा कक्षा ११ मा अध्ययनरत निकिता ढकाल र मनिषा घिसिङलाई जनही ५ हजारका दरले छात्रवृति वितरण गरिएको समूहकी कोषाध्यक्ष गोमा लामिछानेले बताईन ।

कार्यक्रममा हेटौडा–६ का वडाध्यक्ष विष्णु बहादुर दाहालले रानी सामुदायिक वनले वनको संरक्षणसँगै शैक्षिक क्षेत्रको विकासमा राम्रो काम गर्दै आएको बताए । सामुदायिक वनले सामाजिक कार्य, वन तथा वातावरण र स्वास्थ्य क्षेत्रमा समेत राम्रो काम गरेर उदाहरणीय बन्न सफल भएको वडाध्यक्ष दाहालले बताए ।

समूहका उपाध्यक्ष केशव धितालको सभाध्यक्षतामा भएको कार्यक्रम हेटौडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदुकुमार घिमिरे, समूहका सल्लाहकार कृष्ण बिडारी, रक्षादेवी टोल विकास संस्था अध्यक्ष रमेश कुमार बानियाँ, सुनौलो महिला समूहकी अध्यक्ष पवित्रा रुम्बा, लगनशिल महिला समूहकी अध्यक्ष जोगमाया राई, न्यूरेनी चिसापानी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र अधिकारी, समूहकी सचिव नानीमाया रुम्बा, कार्यालय सचिव भीमसेन पौडेल, कार्यसमितिका पदाधिकारी लगायतको सहभागिता थियो ।

समूहले प्रत्येक वर्ष समूहको सेवा क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत उपभोक्ताहरुका छोराछोरीहरुलाई छात्रवृति प्रदान गर्दै आएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *