सहिद दिवस २०८२ को अवसरमा हेटौंडामा सप्ताहव्यापी कार्यक्रम सुरु

हेटौँडा, सहिद दिवस २०८२ को अवसरमा हेटौंडामा शनिबारदेखि सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । सहिद स्मारक विकास समिति हेटौंडाले शनिबार सहिद स्मारक परिसरमा पत्रकार भेटघाट तथा कार्यक्रम सार्वजनिक गर्दै सप्ताहव्यापी कार्यक्रमको औपचारिक सुरुआत गरेको हो ।

ADVERTISEMENT

समितिका सचिव रघुनाथ खुलालका अनुसार माघ ११ गते बिहान ७ः३० बजे सहिद स्मारक परिसर सरसफाइ कार्यक्रम सञ्चालन हुनेछ । त्यसैगरी माघ १२ गते समितिको १६औँ परिषद् बैठक तथा सोही दिन सहिद स्मारक र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।

माघ १३ गते रक्तदान कार्यक्रम, माघ १४ गते प्रथम सहिद लखन थापा वाटिकामा श्रद्धाञ्जली कार्यक्रम र माघ १५ गते ‘सहिदको सपना र नवयुवाको कर्तव्य’ विषयक माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता हुने सचिव खुलालले जानकारी दिनुभयो ।

मदन भण्डारी फाउण्डेशन मकवानपुर शाखाको समन्वयमा आयोजना हुने उक्त वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन माघ १६ गते बागमती प्रदेश सरकारको समन्वयमा सहिदप्रति सलामी, माल्यार्पण, पुष्पार्पण, श्रद्धाञ्जली सभा तथा श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ । पत्रकार सम्मेलनमा समितिका सदस्य गोपाल श्रेष्ठ, प्रताप विष्ट, व्यवस्थापक रामचन्द्र न्यौपाने, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Advertisement 5

नेपालको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताका लागि विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका सहिदहरूको स्मृतिमा समितिले हरेक वर्ष सहिद दिवस मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *