अपहरणको नाटक गर्ने एक प्रहरीको फन्दामा

हेटौंडा, आफैं लुकेर अपहरणको नाटक गर्ने एकजना प्रहरीको फन्दामा परेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका ५ का ४६ वर्षका कुमार प्रजा प्रहरीको फन्दामा परेका हुन् ।स्थानीय निर्मल भन्ने सानुबाबु रुम्बासँगको लेनदेनमा विवाद भएपछि प्रजा भदौ ३ गतेबाट हराइरहेका थिए । प्रजाको श्रीमतिले आफ्नो श्रीमान हराएको र रुम्बाले बेपत्ता पारी अपहरण गरेको हुनसक्ने भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

ADVERTISEMENT

खोजतलास एवम् अनुसन्धानको क्रममा कुमार प्रजा निरन्तर उनको श्रीमति तथा परिवारको सम्पर्कमा रहेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । ‘लेनदेनको विषयमा विवाद भएपछि श्रीमतिले अपहरणमा परेको भन्दै उजुरी दिएको आवश्यक अनुसन्धानको क्रममा निरन्तर परिवार तथा श्रीमतिसँगको सम्पर्कमा रहेको पाएपछि हामीले कुमार प्रजालाई नियन्त्रणमा लिएका छौं’, प्रवक्ता कार्कीले भने, ‘प्रजालाई मनहरी गाउँपालिका ४ नयाँबस्ती स्थित सूर्यबहादुर प्रजाको घरबाट नियन्त्रणमा लिएका हौं ।’

श्रीमान अपहरणमा परेको भन्दै प्रजाको श्रीमति आइतीमाया चेपाङले उजुरी दिएकी थिइन् । उनलाई ईलाका प्रहरी कार्यालय मनहरीको टोलीले नियन्त्रणमा लिएको हो । किन लुकीछिपी बसेर अपहरणको झुटो अफवाह फैलाएको भनेर सोध्दा उनले प्रहरी टोलीलाई नै अश्लील शब्दहरु बोल्दै दुव्र्यवहार गरेको डीएसपी कार्कीले बताए । प्रजामाथि आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya