वडा नम्वर ७ ले चुम्यो थाहा नगर मेयरकपको उपाधी

हेटौंडा, थाहा नगरपालिकामामा भएको वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको उपाधि वडा न ७ ले जितेको छ। २६ माघमा थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भएको फाइनल प्रतिस्पर्धामा वडा न ७ ले २-१ को जित निकाल्दै उपाधी रक्षा गरेको हो। साबिक बिजेता समेत रहेको वडा न ७ को जितमा राजन गोले र शुभराज गोलेले एक एक गोल गरे भने वडा न १ का हेमन्त प्रधानले एक गोल गर्न सफल भए।

ADVERTISEMENT

बिजेता बनेसंगै वडा न ७ ले नगद ५० हजार सहित शिल्ड,मेडल ट्रफी सहित प्रमाणपत्र प्राप्त गरे भने उपबिजेतामा सिमित वडा न १ ले नगद ३० हजार सहित ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा न १ का रोहित श्रेष्ठ घोषित हुँदा,सर्वाधिक गोलकर्ता वडा न १ कै बिनिष अमात्य,उत्कृष्ट डिफेन्डर वडा न ७ का आर एस थिङ,उत्कृष्ट गोलकिपर थाहा ७ का आसामान गोले तथा उदयीमान खेलाडी थाहा ३ का अभियान जंग रायमाझी घोषित भए। बिजेता तथा बिधागत उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली लगायतकाले पुरस्कार प्रदान गरेका थिए। थाहा नगर खेलकुद बिकास समिती संयोजक टिकाराम स्याङ्तानको अध्यक्षता तथा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार बितरण तथा समापन समारोहमा थाहा नगर उपप्रमुख भरत गोपाली,समाजसेवी तथा नेपाली काङ्ग्रेसका नेता जयराम लामिछानेको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान,युवा खेलकुद तथा शिक्षा शाखाका प्रमुख माधव बिक्रम मल्ल,शिक्षा अधिकृत सुर्य थिङ,वडा न ४ का अध्यक्ष नारायण लामा,वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान,वडा न ६ का अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोद कृष्ण जोशी,नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,नेकपा एसका नगर अध्यक्ष सुरेन्द्र थापा मगर,ऋषेश्वर ११ का अध्यक्ष दिपक कार्की,थाहा नगर खेलकुद विकास समिती सदस्य यादव रायमाझी,पालुङ जेसीजका अध्यक्ष माधव कार्की,नेपाल गोजुरियो कराते संघका जिल्ला अध्यक्ष बिरु लामा,कराते प्रशिक्षक मानसिं दोङ,लगायतका उपस्थिति रहेको थियो।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *