ज्ञानदीप सहकारीको अध्यक्षमा ऋषिराम र गोविन्दको उम्मेदवारी

हेटौंडा, हेटौंडा ५ मा रहेको ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा ऋषिराम उपाध्याय (पोखरेल) र गोविन्दप्रसाद चौलागाईले उम्मेदवारी दिएका छन् । गत बैशाख २३ गते सम्पन्न भएको २३ औँ साधारणसभाबाट सञ्चालक समिति सर्वसम्मत चयन नभएपछि निर्वाचनको मिति जेठ १० गते बुधबार तय गरिएको थियो ।

ADVERTISEMENT

अध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका ऋषिराम र नेकपा एमाले पार्टीका गोविन्द दुवैजनाले प्यानल बनाई चुनावी मैदानमा होमिएका छन् । सहकारीको उपाध्यक्षमा राजेशप्रसाद घिमिरे र रामप्रसाद गजुरेल, सचिवमा दीपक खड्का र लिलानाथ ढुंगेलले उम्मेदवारी दिएका छन् । सहकारीको ७ सदस्य कार्य समितिका लागि १२ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिका संयोजक ध्रुवप्रसाद चौलागाईले जानकारी दिए।

सहकारीको सदस्यमा खिलप्रसाद बराल (निमेष निखिल), खेमराज लामिछाने, गमला राजभण्डारी (अस्मिता श्रेष्ठ), जनकराज पन्त, नेत्रप्रसाद ढुङ्गेल, प्रकाश बानियाँ, रमिलाकुमारी सापकोटा, राजु अर्याल, लक्ष्मी दुलाल (गजुरेल), विश्वनारायण श्रेष्ठ, श्रीराम दाहाल, सरस्वती ढकालले उम्मेदवारी दिएका छन् । लेखा समितिको २ सदस्य पदमा ३ जनाको उम्मेदवारी परेको छ । लेखा समितिको सदस्यमा बसन्तीकुमारी थापा (महत), बासुदेव रिजाल, मिलन दुलाल रहेका छन् ।

ADVERTISEMENT

सहकारीको कोषाध्यक्षमा मोहनप्रसाद न्यौपाने र लेखा समितिको संयोजकमा गौतम केसी सर्वसम्मत चयन भइसकेका छन् । ज्ञानदीप बहुउेश्यीय सहकारी संस्थामा ५ सय ९८ जना शेयर सदस्य आवद्ध रहेका छन् । ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाद्वारा जीएस निकेतन विद्यालय सञ्चालनमा रहेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya