हेटौंडा, हेटौंडा ६ मा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औँ स्थापना दिवसको अवसरमा ६ जना जेष्ठ शेयर सदस्यालाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ शेयर सदस्य साधुराम चौलागाई, रामबाबु चौलागाई, मधुसुदन शर्मा, रामहरी आचार्य, अकल लामा र चन्द्रबहादुर मानन्धरलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको हो । सुनगाभा बहुउेश्यीय सहकारी संस्थाद्धारा सञ्चालित सुनगाभा शिक्षा निकेतन विद्यालयले पनि २५ औँ स्थापना दिवस मनाइएको छ । विद्यालयका प्रिन्सिपल अरुण पराजुलीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष रामहरी न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीको २५ औँ स्थापना दिवस कार्यक्रमबाट वि.सं. २०८२ सालमा विद्यालयले प्रविणता प्रमाणपत्र तह कक्षा सञ्चालन गर्ने निर्णय भएको विद्यालयका प्रिन्सिपल पराजुलीले जानकारी दिए । १ सय १२ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी २ करोड रुपैयाँ रहेको छ । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, उपाध्यक्ष साधुराम चौलागाईलगायतको आतिथ्यता रहेको थियो ।







