जेसीजको वक्तृत्वकला प्रतियोगितामा सिद्धार्थकी बर्तौला प्रथम

हेटौंडा, हेटौंडा जेसीजको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत छात्रा सीता बर्तौला प्रथम भएकी छिन् । सोमबार हेटौंडा जेसीजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा १५ जना विद्यार्थीले सहभागीता जनाएका थिए ।

ADVERTISEMENT

प्रतियोगितामा सिद्धार्थ मावि कक्षा १२ की प्रेक्षा तिमल्सिना द्वितीय र कक्षा १० का हेमराज बिमलि तृतीय हुन सफल भए । उनीहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्ताैलाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा लेडी जेसीजका अध्यक्ष दिलु घर्तिमगर, नारायणगढ लेडी अध्यक्ष सुस्मिता श्रेष्ठ, प्रस्तावित चैनपुर जेसीजका महासचिव रबिन ढकाल, सिद्धार्थ माविका प्रध्यानाध्यापक मोहन शर्मा, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख टिकाराम दाहाल, सियान पुनस्थापना केन्द्रका सञ्चालक सौजन डिसी, मकवानपुर बहुमुखी क्याम्पस स्ववियु सभापति छोइसाङ लामा लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा हेटौंडा जेसीजका पुर्व अध्यक्ष कुश कुमार रिजाल, दिपकराज मिश्र, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने र विद्यालयकी शिक्षिका शुसिला चौलागाईं निर्णायकको भूमिकामा रहेका थिए । कार्यक्रम अन्तर्गत मंगलबार आधुनिक राष्ट्रिय माविमा, बुधबार प्रगती माविमा र विहीबार भुटनदेवी माविमा वक्तृत्वकला हुने कार्यक्रम संयोजक हरि अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya