गठबन्धनको जितले नै मुलुकको विकास हुने : पराजुली

हेटौंडा, मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का उम्मेदवार कांग्रेस नेता आनन्दराम पराजुलीले आवश्यकताको आधारमा गठबन्धन भएको दावी गर्दै गठबन्धनका उम्मेदवारहरुको जितले मात्रै मुलुकको विकास हुने बताए ।

ADVERTISEMENT

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको सन्दर्भमा नेपाली कांग्रेस हेटौँडा उप महानगरपालीकाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै पराजुलीले भने- ‘एकजना मात्रै माननीयले हार्दा गठबन्धनको सरकार नबन सक्छ । गठबन्धनको बिषयमा अनावश्यक टिकाटिप्पणी गर्नु जरुरी छैन। हामीले सत्तारुढ दलको बीचमा गठबन्धन गरेका हौं । एमालेले व्यवस्था विरोधी राप्रपा नेपालसंग तालमेल गरेको छ ।’

‘आनन्दराम पराजुली कसैलाई चित्त नबुझेको हुनसक्छ, चित्त नबुझेको बिषयमा पछि आवश्यक छलफल गर्दै गरौंला तर अब सबै मिलेर कांग्रेस र गठबन्धनलाई जिताउन लाग्ने बेला आएको छ ’ –उनले भने ।

गठबन्धनलाई हराउनको निम्ति विपक्षी पार्टीले अनेक रणनीति तयार पारेका हुन्छन् यसतर्फ चनाखो हुने बेला आएको उनले बताए । स्थानीय तहको मतको आधारमा पनि गठबन्धनको जित सुनिश्चित भैसकेको दावी गर्दै उनले मतान्तर बढाउने गरी लाग्न अनुरोध गरे ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *