हेटौंडा जेसीजमा श्रेष्ठ पदस्थापित

हेटौंडा जेसीज वर्ष सन् २०२४ को अध्यक्षमा विकेशलाल श्रेष्ठ पदस्थापित भएका छन् । शनिबार भएको हेटौंडा जेसीजको ४६ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमकाबीच उनी अध्यक्षमा पदस्थापित भएका हुन् । २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौलाले श्रेष्ठलाई अध्यक्षको माला हस्तान्तरण गरेका हुन् ।

ADVERTISEMENT

अध्यक्ष श्रेष्ठले कानूनी सल्लाहकारमा विश्वप्रसाद गौतम, महासचिव पंकज दास बनियाँ, कोषाध्यक्ष विपिन ताम्राकार, शाखा सम्पादक सन्जयकुमार न्यौपाने, जनसम्पर्क अधिकारी विवेक बनियाँ, प्रकरण निर्देशक उज्वलराज शाक्य, भवन निर्माण संयोजक विजय गोपाली, तालिम संयोजक सन्तोष पराजुली र सचिव किरण आलेलाई मनोनित गरेका छन् । जेसीजको साधारणसभा तथा अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा विवेकआनन्द न्यौपाने र जीवन ढकाल तथा उपाध्यक्षमा आतिष दाहाल, रमेश काफ्ले, रमेश पराजुली र विश्वास पराजुली निर्वाचित भएका थिए ।

२०२३ का अध्यक्ष बर्तौलाले आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न व्यक्ती तथा संघसंस्थालाई सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा पत्रकार बलराम पुडासैनीलाई सम्मान गरेको थियो । बर्तौलाले उत्कृष्ट सदस्यको रुपमा सुमन अर्याल र उत्कृष्ट बोर्ड सदस्यका रुपमा एसिस रिजाललाई अवार्ड प्रदान गरेका थिए । हेटौंडा जेसीजका पूर्व उपाध्यक्ष स्वर्गीय गिरिजा अधिकारीको नाममा स्थापना गरिएको छात्रवृत्ति दुईजना विद्यार्थीलाई प्रदान गरिएको थियो ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको पदस्थापनमा नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष विकास मानन्धर, पूर्व अध्यक्ष अरुणेश्वर खनाल, निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवार, राष्ट्रिय महासचिव सरोज अधिकारी, हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँ सहित विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि, वडा अध्यक्षहरु सहित विभिन्न शाखा अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा सक्रिय जेसीजमा एक व्यक्ति, एक वर्ष, एक कार्यकाल हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya