३५औ जिल्ला जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न

हेटौंडा, नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा गत शुक्रवार देखि सुरु भएको ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी कार्यक्रम शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

ADVERTISEMENT

नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाको ब्यबस्थापन तथा युवा रेडक्रस सर्कल बालबोध माबी हटियाको आतिथ्यतामा आयोजित गोष्ठी १३ बुदे बालबोध घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री तथा जिल्ला जुनियरर युवा समितीका संयोजक शिबहरि दाहालको अध्यक्षतामा शुक्रवार भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेशका सामाजिक बिकाश मन्त्री कुमारी मोक्तानले गरेकी थिइन् ।

गोष्ठीमा मकवानपुर जिल्लाका १०० बटा सामुदायिक तथा संस्थागत बिधालय एवं समुदाय स्तरमा गठित जुनियर एवं युवा रेडक्रस सर्कलका प्रतिनिधि तथा शिक्षक नायकहरु गरि ३५० जनाको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

गोष्ठीमा जुनियर युवा सर्कलको गरेको बार्षिक कार्यक्रमको समीक्षा गरि २०८०/८१ को बार्षिक कार्ययोजना निर्माण, हाजिरीजवाफ प्रतियोगिता, रेडक्रसका अधारभुत ७ सिदान्तको नाटक प्रदर्शन गर्दै नेतृत्व बिकाश, रेडक्रस अभियान, डेङ्गु सचेतना र बिपद ब्यबस्थापनको कार्यशालाको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालले जानकारी दिए।

गोष्ठीले ३६ औ जिल्ला जुनियरर युवा रेडक्रस गोष्ठी भुटनदेबी माबीको आतिथ्यमा २०८१ मंसिर महिनामा आयोजना गर्ने निर्णय गर्दै भुटनदेवि माबिका शिक्षक नायक षडानन्द चौलागाईंलाई रेडक्रसको झन्डा हस्तान्तरण गरेको छ ।

समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका अध्यक्ष भोला रुपाखेती, मकवानपुर शाखाका मन्त्री शुमित्रा काफ्ले, उपकोषाध्यक्ष मंगल रखाल, सदस्य कृष्ण सापकोटा, पुर्ब उपसभापति उमेश बास्कोटा, पुर्बमन्त्री पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराइ, हटिया उपशाखाका सभापति राजकुमार बास्तोला, बालबोध माबीका प्रअ दिपकलाल श्रेष्ठ, उपशाखा सचिब मोहनचन्द्र चौलागाईं लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya