हेटौँडामा यात्रुबाहक बसमा ढुंगा प्रहार गर्ने ५ जना नियन्त्रणमा

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३, लेवटस्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुबाहक बसमा ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बुधबार बिहान करिब १ः३० बजे लेवटस्थित सडकखण्डमा सञ्चालनमा रहेका यात्रुबाहक बसहरूमा ढुंगा प्रहार गरिएको थियो । ढुंगा प्रहारबाट बसमा सवार यात्रुहरू समेत घाइते भएको घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा हेटौँडा उपमहानगरपालिका–३, लेवटका २७ वर्षीय किरण वि.क., ३० वर्षीय अंकित राई, ३९ वर्षीय सुग्रिव मुक्तान, २९ वर्षीय विजय थिङ लामा र २९ वर्षीय उदाश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya