वृद्धालाई ह्विलचियर सहयोग

हेटौंडा, लायन्स क्लब अफ मकवानपुर हेल्पडेक्सले शारिरिक रुपमा अशक्त वृद्धालाई ह्विलचियर सहयोग उपलब्ध गराएको छ। लायन बिनोद पौडेलले सौजन्य सहयोग गरेको ह्लिचियर आज हेल्पडेक्सले हेटौंडा उपमहानगरपालिका वडा नम्वर–८ निवासी गंगामाया बस्नेतलाई हस्तान्तरण गरेको हो ।

ADVERTISEMENT

६७ वर्षीया बस्नेत शारिरिक अशक्तताका कारण समस्यामा थिइन् । ह्विलचियर सहयोग पाएपछि केही राहत मिलेको बस्नेतले बताइन् । हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रममा लायन्स क्लबका संस्थापक अध्यक्ष प्रविण मैनाली, लायन सदस्यहरु प्रवेशराज बरुवाल, प्रविन निरौला, सपना ढकाल कंडेल, अमन यतन गिरी, पत्रकार गंगाप्रसाद पौडेललगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *