हेटौंडा/मंसिर ४मा हुने संघ तथा प्रदेशको निर्वाचनका लागि मकवानपुरमा तीन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेका अनुसार एक हजार ६९९ जना, जनपथ प्रहरी एक हजार ६९ जना, ससस्त्र प्रहरी ४ सय जना र नेपाली सेना गरी तीन हजार दुई सय परिचालित हुनेछन् ।
मतदानस्थल र केन्द्रको भित्री घेरामा म्यादी प्रहरी र जनपथ हुनेछन् भने, त्यसबाहिरको सुरक्षा शशस्त्र प्रहरीले र त्यसभन्दा पनि बाहिर नेपाली सेनाको सुरक्षा रहने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । सादा पोशाकका प्रहरी पनि खटिने उनले बताए ।
मकवानपुरको दुई वटा निर्वाचन क्षेत्रमा गरेर १६७ वटा मतदानवटा मतदानस्थल र ३५६ वटा मतदानस्थल रहनेछन् ।भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, बेलाबेलामा झैझगडा तथा बदमासी हुने ठाउँ लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको छ ।
अति संवेदनशील मानिएको स्थानमा निर्वाचन विरोधि गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइएको छ । निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने भएको छ।
तीन लाख मतदाता
मकवानपुरका दुई निर्वाचन क्षेत्रमा गरेर तीन लाख ७३३ मतदाता रहेका छन् । जसमा प्रतिनिधिसभा क्षेत्र नं।१ मा १ लाख ५० हजार १५५ र क्षेत्र नं।२ मा १ लाख ५० हजार ५७८ मतदाता रहेका छन् ।
जिल्लाको क्षेत्र नम्बर १ को ‘क’ मा ७७ हजार ९८९ जना र ‘ख’ मा ७२ हजार १६६ मतदाता छन् । त्यस्तै क्षेत्र नम्बर २ को ‘क’ मा ८३ हजार ०९९ जना र ‘ख’ मा ६७ हजार ४७९ गरेर ३ लाख ७३३ जना मतदाता रहेका छन् ।







