एक दशकमा ८ हजार बढी सहयोगापेक्षीको उद्धार

हेटौंडा, मानव सेवा आश्रमले एकदशकको अवधिमा ८ हजार बढी सहयोगापेक्षीको उद्धार भइसकेको आश्रमले जनाएको छ । वि.सं. २०६९ भदौ १३ गतेदेखि हालसम्म ७७ वटै जिल्लाबाट ८ हजार बढीको उद्धार भएको आश्रमले जनाएको हो ।

ADVERTISEMENT

सडक मानवरहित बनाउने उद्देश्यका साथ स्थापना भएको आश्रमले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७८/७९ को आर्थिक प्रतिवेदन, वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । जेठ १५ गतेसम्म मानव सेवा आश्रममा १ हजार ५ सय २९ जना सडकआश्रीत मानिसहरुले आश्रय लिइरहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । आव ०७८÷०७९ मा हेटौंडा केन्द्रीय कार्यालयबाट ९९ जनाको उद्धार, ७६ जनाको पारिवारिक पुर्नमिलन, ४६ जनाले अल्पकालीन सेवा लिएका, एक जना सेवा पश्चात स्वावलम्बी जीवन निर्वाह गरिरहेका र १५ जनाको पुनः उद्धार गरिरहेको अध्यक्ष अधिकारीले बताए ।

मानव सेवा आश्रमको सेवालाई दीगो बनाउन ३६५ जना आजिवन वार्षिक भोजन सेवा निर्माण गर्न लक्ष्यका साथ अघि बढिरहेको यस आश्रममा आश्रितहरुको नियमित स्वास्थ्य परिक्षण देखी सम्पूर्ण सेवा आश्रमले गर्दै आइरहेको छ । आश्रम नेपालका १९ जिल्लामा २३ सेवाकेन्द्रहरु सञ्चालनमा ल्याएको छ । ०७५ मा सहयोगापेक्षी सडकआश्रित मानवयुक्त मकवानपुर जिल्ला घोषणा गरेको छ भने बागमती प्रदेशलाई यस वर्ष घोषणा गर्ने तयारी रहेको अध्यक्ष अधिकारीले बताए । हामीले गण्डकी र कर्णाली प्रदेशलाई घोषित गरिसकेका छौं, अब यस प्रदेशलाई यसैवर्ष घोषणाको तयारी रहेको अधिकारीले बताए । नेपाललाई भने २०८२ साल श्रावण भित्र सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । संयुक्त राष्ट्र संघले प्रदान गर्ने सन् २०२३ को संयुक्त राष्ट्र संघ मानव अधिकार पुरस्कार मनोनयनका लागि नेपाल सरकारले मानव सेवा आश्रमलाई सिफारिस गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो भने हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँ र सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको विशेष आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *