हेटौंडा, विश्व वातावरण दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् ।
विश्व वातावरण दिवस( २०८० को अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र वडा समन्वय समिति हेटौंडा १९ को संयुक्त आयोजनामा हेटौंडा–१९ मा आोजित रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् ।
वडा समन्वय समितिका अध्यक्ष देवेन्द्र अर्यालको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष नरनाथ सुबेढीको प्रमुख आतिथ्यता, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारीको विषेश आतिथ्यता रहेको थियो ।







