घिमिरेको नेतृत्वमा जिल्ला बक्सिङ संघ मकवानपुर

हेटौंडा, मकवानपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा सुशिल घिमिरे चयन भएका छन् । शनिबार हेटौंडामा भएको संघको नवौँ अधिवेशनबाट घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

ADVERTISEMENT

संघको उपाध्यक्षमा उज्जवल शर्मा भण्डारी, सचिवमा अमित मानन्धर र कोषाध्यक्षमा राजन शिल्पकार चयन भएका छन् । यसैगरी सदस्यमा शिव श्रेष्ठ, मिनबहादुर घलान, रुपा विडारी र लक्ष्मी पुडासैनी चयन भएका छन् । मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बक्सिङ संघका कोषाध्यक्ष राजन शिल्पकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १४ का वडाध्यक्ष दीपक खड्का, बक्सिङ संघका महासचिव सविन भटट्चार्य, केन्द्रीय सदस्य तथा निर्वाचन अधिकृत मानबहादुर भण्डारी, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *