सिद्धार्थको स्वर्ण महोत्सवमा ९५० जनाको आँखा जाँच

हेटौँडा, हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयले विद्यालय स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउन सुरु गरेको छ । स्वर्ण महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउने क्रममा विद्यालय परिसरमा बिहीबार र शुक्रबार भएको निःशुल्क आँखा शिविरमा ९५० जना विद्यार्थीको आँखा जाँच गरिएको छ । आँखा शिविरको पहिलो दिन ५२१ जना विद्यार्थीको आँखा जाँच गरिएको थियो ।

ADVERTISEMENT

विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले आँखा जाँचका क्रममा जटिल समस्या देखिएका विद्यार्थीहरुको उपचारमा विद्यालयले सहजीकरण गर्ने जानकारी दिनुभयो । ईसिडीदेखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीको आँखा जाँच गरिएको थियो । आँखा जाँचका क्रममा केही विद्यार्थीहरुको आँखामा समस्या रहेको पाइएको विद्यालयले जनाएको छ । हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार समेत आँखा शिविर आयोजना गरिने भएको छ ।यस्तै शनिबारनै विद्यालयले विद्यार्थीहरुलाई लक्षित गरी दन्त शिविरको समेत आयोजना गर्दै छ ।

विद्यालयले आगामी माघ २ गतेदेखि ८ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव कार्यक्रम मनाउँदै छ । यसैबिच विद्यालयको स्वर्ण महोत्सवका अवसरमा हेटौँडा २ स्थित सिद्धार्थ टोल विकास संस्था र सिद्धार्थ माविको एसएलसी २०५६ ब्याचका विद्यार्थीहरुको समुहले गरी एक लाख ६३ हजार ९७१ रुपियाँ स्वर्ण महोत्सवका लागि सहयोग प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya