रेटिङ बुद्धिचाल प्रतियोगिताको सातौं चरणको खेल सम्पन्न 

हेटौंडा, नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा नेपाल खेलकुद महासंघको आयोजनामा सञ्चालन भइरहेको हेटौडा कप एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता आज शनिबार सातौं चरणको खेल सम्पन्न भएको छ। प्रतियोगिताका भारतीय २३९३ रेटेड शीर्ष खेलाडी सुभयानले भारत कै राहुल गुरुङ विरुद्ध कारोकान प्रणालीमा सेतो गोटिवाट खेल आरम्भ गरेका थिए। उक्त खेलमा राहुलले छैटौं चाल अन्तर्गत बिसप डि सिक्स चाल्दै सानो गल्ती गर्न पुगे। जसको फाइदा लिदै सुभयानले सोह्र चाल भित्र छिटो खेल आफ्नो पक्षमा लिन सफल रहे। सुभयानले सात चरणमा पाँच जित र दुई बराबर गर्दै ६ अंकका साथ अग्रस्थान बनाएका छन्।

ADVERTISEMENT

आठौं चरणको खेलमा उनले बंगलादेशी २१९३ रेटेड एफ अहमद शेख नासिरसंग कालोगोटी लिएर प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिता मार्फत ७ रेटिङ वृद्धि गर्दै अन्तर्राष्ट्रिय आईएम उपाधि प्राप्त गर्ने लक्ष्य रहेको उनले बताए ।
आजै सम्पन्न दोश्रो बोर्डमा २२१७ रेटेड बंगलादेशी आईएम मोहम्मद मिनहाज उद्दिनले भारतीय १९७६ रेटेड खेलाडी एएफएम सौरव चौबे माथि कठिन जीत गर्ता गर्दै ६ अंकका साथ संयुक्त अग्रस्थानमा उभिन सफल बने। आईएम मिनहाजले ओपन सिसिलियन भारिएशन इ फो सि सिक्स, नाइट एफ थ्री नाइट एफ सिक्स वाट खेल शुरु गर्दै ४२ औं चालमा चलाखि गर्दै पाउन अप गरे। उपाधिका लागि जित्नै पर्ने आठौं चरणको अर्को खेल उनकै समकक्षी बंगलादेशी एफएम सरिफ होसेनसंग कालो गोटी लिएर खेल्ने छन्।

सह आयोजक हेटौंडा चेस क्लबको व्यवस्थापनमा चलिरहेको प्रतियोगितामा बंगलादेशी एफएम नयम हक ,भारतका अमरदीप बर्टक्के, अर्बिन्दर प्रित सिं, बंगलादेशी आईएम सकिल अबु सफिन, एफएम सरिफ होसेन र एफएम शेख नासिर ५।५ अंक जोड्दै सामूहिक दोश्रो स्थानमा सुरक्षित रहन सफल भएका छन्। आठौं चरणको खेलमा नयन हकले अबु शेख संग, अमरदीपले अर्बिन्दर प्रित संग, नासिर शेखले सुभयानसंग र सरिफ होसेनले मिनहाज संग कडा प्रतिस्पर्धा गर्ने छन्।

ADVERTISEMENT

सह आयोजक मकवानपुर बुद्धिचाल संघको रेखदेखमा भइरहेको अन्तर्राष्ट्रिय खेलमा एरिना आईएम शुश्रुत दहाल, युवा खेलाडी द्वय पुरुषोत्तम सिलवाल र कुशल बेलवासे ४।५ अंक बनाएर नेपाली खेलाडी मध्येवाट अगाडि रहन तछाडमछाड गरिरहेका छन्। उनीहरुसंगै पूर्व नेपाल च्याम्पियन एफएम पुरुषोत्तम चौलागाईं, झापाका राजन सुवेदी, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, युवा स्वर्णिम दुवाल र मुहान श्रेष्ठ समान ४ अंक प्राप्त गर्दै खेलिरहेका छन्।

यसैगरी भारतीय महिला खेलाडी मरियम फातिमा ४।५ अंकका साथ पहिलो र श्रीलंकन महिला खेलाडी सचिनि रानासिंघे ४ अंक बनाई दोश्रो स्थानमा रहन सफल भएका छन्। नेपालका भेट्रान खेलाडी मोहन सिं प्रधानले ३ अंक जोड्दै आफूलाई प्रतिस्पर्धामा उभ्याउन सफल भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *