हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा ‘बिजनेस इन्कुबेसन सेन्टर’

हेटौंडा, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस क्याम्पसमा ‘बिजनेस इन्कुबेसन सेन्टर’ सञ्चालनमा आउँदै छ । उद्यमशीलताको सीप र सोचको विकास गर्ने उद्देश्यले स्थापना हुन लागिएको विजनेस इन्कुबेसन सेन्टरको उद्घाटन साउन १५ गते गर्न लागिएको क्याम्पसले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा बोल्दै क्याम्पसका योजना तथा विकास विभागका निर्देशक दीपेश जोशीले विद्यार्थी र नयाँ उद्यमीहरुमा उद्यमशील मानसिकता विकास गर्ने एउटा उद्यमशील मञ्च सेन्टर रहेको बताए । ‘क्याम्पसले स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु उद्यमी बन्न चाहेमा त्यसको पुल सेन्टरले गर्ने छ।’ जोशीले भने –‘सेन्टर मार्फत विद्यार्थीहरु र समुदायका नवव्यवसायीलाई भविष्यमा एक सफल उद्यमी तथा व्यवसायी बनाउन विशेष तालिमहरु प्रदान गर्नुका साथै व्यवसायिक योजना निर्माण गर्न सुविधा सम्पन्न स्थान उपलब्ध गराइने छ ।’ बिजनेस इन्कुबेसन सेन्टरमा कार्यरत अन्तरप्रेरणा नामक संस्थासँग सहकार्य गरी सेन्टर सञ्चालन गरिने उनले बताए ।

उद्यमशीलताको शीप र सोचको विकास गर्ने उद्देश्यले सञ्चालित उक्त कार्यक्रम अन्तर्गत व्यवसायमा आधारित आइडिया छनोट गरिने छ । कार्यक्रम अन्तर्गत छनोट भएका आइडियाहरूलाई व्यावसायिक विकासका लागि बिजनेश इन्क्युबेशन, मेन्टरशिप, प्रशिक्षण, नेटवर्किङ, बजार पहुँच एवं एग्री बिजनेश सम्बन्धी विज्ञहरूको सेसन तथा इन्भेस्टमेन्ट प्लेटफर्मको अवसर प्रदान गर्ने उनले बताए । महाविद्यालयले स्थापना गरेको इन्क्युबेशन सेन्टरमा १० वटा विभिन्न कम्पनीका उद्यमीहरुसँग बसेर छलफल गरी योजना निर्माण गर्न सकिने उनले जानकारी दिए । विजनेस इन्कुबेशन सेन्टरमा आफ्नो नवीन सीपको बारेमा जानकारी गराएर त्यसको सम्पूर्ण आन्तरिक तयारी गरेपछि व्यवसाय सञ्चालन गर्न बीऊ पुँजी पनि उपलब्ध गराइने जोशीले बताए ।

ADVERTISEMENT

अन्तरप्रेरणाका प्रमुख असिम श्रेष्ठले देशैभर बिजनेस इन्क्युबेटरहरू स्थापना गर्न विश्वव्यापी र राष्ट्रियस्तरमा सहकार्य खोज्ने अवसर पनि सिर्जना गर्ने उद्देश्यले नेपालमा पहिलो पटक स्टार्टअपलक्षित बिजनेस इन्क्युबेटरहरु स्थापनालाई केन्द्रमा राखेर सम्मेलन समेत आयोजना गरेको बताए । पत्रकार सम्मेलनमा उपस्थित नेदरल्याण्डका विजनेश इन्क्युबेशन विज्ञ हेन्क डियर फेजले बिजनेश इन्क्युबेशनबाट भएका कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *