नवोदय इनोभेसन सेन्टरले एक वर्षे शिक्षक तालिम सञ्चालन गर्ने

हेटौंडा, नवोदय इनोभेसन सेन्टरले एक वर्ष अवधिको प्राथमिक शिक्षक तालिम सञ्चालन गर्ने भएको छ । आधारभूत तह कक्षा ४ देखि ७ सम्म सक्षम शिक्षक तयार गर्ने उद्देश्यले साउन महिनाबाट एक वर्षे डिप्लोमा कोर्स सञ्चालन गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ ।

ADVERTISEMENT

एक वर्षे कोर्सपश्चात कक्षा ४ देखि ७ सम्मका लागि बालकेन्द्रित शिक्षण गर्न सक्ने दक्ष शिक्षक तयार गर्ने र तालिम प्राप्त सहभागीका लागि उचित रोजगारीको पनि व्यवस्था गरिने तालिम कार्यक्रम प्रमुख नरेन्द्रकुमार नगरकोटीले बताए । ‘साउन महिना लाग्ने वित्तिकै नवोदय इनोभेसन सेन्टर कम्पनीमा दर्ता गर्ने छौँ ।’ उनले भने –‘विधिवत रुपमा दर्ता भएपछि मात्र तालिम सञ्चालन गर्ने छौँ ।’

‘‘प्रोग्रेसिभ एजुकेशन’ र पठन संस्कृति विकासका प्याकेजलाई विभिन्न विद्यालयमा पुर्याउने उद्देश्यले नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले नवोदय इनोभेसन सेन्टरको स्थापना गरेको हो ।’ उनले भने –‘सेन्टरले सञ्चालन गर्ने एक वर्षे कार्यक्रममा शिक्षा दर्शनः प्रगतिशील शिक्षा (४८ घण्टा), भाषा साहित्य शिक्षण (४८ घण्टा), विज्ञान शिक्षण (४८ घण्टा), सामाजिक अध्ययन शिक्षण (४८ घण्टा), गणित शिक्षण (४८ घण्टा), शारीरिक शिक्षा शिक्षण (४८ घण्टा), सङ्गीत र कला शिक्षण (४८ घण्टा), नृत्य शिक्षण (३६ घण्टा), बालबालिका समग्र विकास (४८ घण्टा), सिकाइ उपलब्धि (१२ घण्टा), बालबालिकामा ४ सी को विकास (१२ घण्टा) रहेका छन् ।’ नवोदय इनोभेसन सेन्टरले वार्षिक परामर्श प्याकेजमार्फत हेटौंडाको दुई वटा विद्यालयसँग काम गरिरहेको उनले बताए ।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देलले शिक्षाको गुणस्तर वृद्धिका लागि इनोभेसन सेन्टरले गरेको कार्य प्रशंसनीय रहेको बताए । हरेक संघ संस्थाले सञ्चालन गरेको राम्रो कामलाई स्थानीय तहले पनि समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले मकवानपुर जिल्लालाई शैक्षिक हबको रुपमा विकास गर्नुपर्ने बताए ।

श्रमिक माध्यमिक विद्यालयका प्रिन्सिपल श्रीराम दाहालले नवोदय इनोभेसन सेन्टरसँग सहकार्य गरी पहिलो चरणमा शिक्षकलाई विभिन्न तालिमहरु सञ्चालन गरिरहेको बताए । पत्रकार सम्मेलनमा नवोदय विद्यालयका योजना तथा तालिम निर्देशक अव्यक्त खनाल, हेटौंडा क्याम्पसका प्रिन्सिपल देवीराम लामा, मकवानपुर बाल विद्या सदनका प्रिन्सिपल सुदिपराज गिरीलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya