बागमती गाउँपालिकाद्वारा ६ जना सुकुम्वासीलाई जग्गा धनी पुर्जा वितरण

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले ६ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरण गरेको छ । शुक्रबार सम्पन्न पालिकाको दशौं गाउँसभामा बागमती ३ नम्बर वडाका ६ जना भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको हो ।

ADVERTISEMENT

जग्गा धनी प्रमाणपुर्जा पाउनेमा वीरबहादुर भोलन, मंगलबहादुर बिक, बुद्धिमान मोक्तान, मंगलीमाया स्याङतान, तेजबहादुर मोक्तान र बलबहादुर भोलन रहेका छन् । विकलाई २४० हेक्टर, तेज बहादुरलाई १ हजार २६४ हेक्टर, विरबहादुरलाई २ हजार हेक्टर, मंगलीमायालाई २ हजार हेक्टर, बुद्धिमानलाई २ हजार हेक्टर र बलबहादुरलाई २ हजार हेक्टर जग्गा वितरण गरिएको बागमती गाउँपालिका–३ का अध्यक्ष कमानसिं पाख्रिनले जानकारी दिए । गाउँपालिका अध्यक्ष सर्केश घलानले उनीहरुलाई जगाधनी पुर्जा वितरण गरेका थिए ।


त्यस्तै गाउँसभामा सरकारी कार्यालय प्रयोजनका लागि जग्गा दान गर्ने २३ दातालाई सम्मान गरिएको छ । कार्यालय प्रयोजनका लागि जग्गा दान गर्नुहुनेमा तुलासा थोकर , डुब्वाङ पाख्रिन् , मानकाजी जिम्बा, आइतेसिं पाख्रिन् , बिजय जिम्बा , कार्शाङ पाख्रिन् , सुवास घिसिङ ,तिलकबहादुर माझी लगायत ९२३ दातालाई पालिकाले सम्मान गरिएको हो ।


उनीहरुले पालिकाका वडा भवन र सरकारी संरचना निर्माणका लागि तीन कठ्ठासम्म जग्गा थिए । ती जग्गामा वडा कार्यालय, स्वास्थ्य कार्यालय, स्वास्थ्य खोप केन्द्र निर्माण गरिएको पालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya