र्‍याप स्टारको उपाधीको लागि भोट माग्दै सफल

हेटौंडा, थाहा नगरपालिका वडा नं. २ निवासी १९ वर्षीय सफल विष्टले र्‍याप स्टारबाट नेपालकै नाम चिनाउँदै छन् । ७ हजार प्रतिष्पर्धीलाई पछि पार्दै उनी फाइनलमा प्रवेश गरेका छन् । आगामी २८ जेठमा हुने फाइनल चरणमा उनको अन्तिम र्‍याप स्टार परीक्षा हुँदैछ ।

ADVERTISEMENT

सानैदेखि र्‍याप गायनमा शौखिन सफललाई र्‍याप दुनियाँमा ‘विसफ’ को नामले चिनिन्छ । ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रशारण हुँदै आएको र्‍याप स्टार रियालिटी शोमा सफल अहिलेसम्म सफल छन् । यो कार्यक्रम शनिबार र आइतबार स्पेस फोरके टेलिभिजनबाट पनि प्रशारण हुन्छ ।

आदित्य विक्रम अछामीको निर्देशनमा बनेको रियालिटी सोमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) निर्णायक छन् । निर्णायकहरुले सफलको खुलेर प्रशंसा गरिरहेका छन् । सफलका बुवा राधाकृष्ण विष्ट भन्छन्, ‘निर्णायकहरुले सफलमा छुट्टै ‘इनर्जी’ पाएका छन्, र्‍यापका मान्यताहरुले सफल सफल नै हुन्छन् तर त्यतिले मात्र ¥याप स्टार बन्ने ढोका नखुल्न सक्छ किनकि त्यहाँ भोटिङको पनि कुरा हुन्छ ।

ADVERTISEMENT

भोटिङमा सहयोगीहरुको हात आवश्यक भएकोले सफललाई र्‍याप स्टारको रुपमा देख्न पाएर थाहा र मकवानपुरको नाम राख्न अहिले भोटिङ अभियान नै सञ्चालन गरिरहेको विष्ट बताउँछन् । ‘सफललाई भोट गर्नेहरु बढिरहेका छन्, सकेसम्म सबैको सहयोगको अपेक्षा गरेको छु,’ उनले भने । सफल अहिले थाहानगरमै छन् । आफन्त र साथीहरुसँग मिलेर भोटको अपिल गर्दै उनी यहाँका विभिन्न स्कूल, बलेज तथा संघसंस्थाहरुमा पुगिरहेका छन् । बुधबार उनले हिमालयन इंगलिस बोर्डिङ स्कूल, जनकल्याण मावि, पालुङ मोडर्न इंगलिस स्कूल, पालुङ इंगलिस स्कूल लगायत विद्यालयहरुमा पुगेर भोटको अपिल गरेको श्रीकृष्ण विष्टले बताए ।

सफललाई भोट गर्नका लागि मोवाइल फोनमा गुगल प्ले स्टोरबाट ओएसआर कनेक्ट एप डाउनलोड गर्नुपर्छ । उक्त एप खुलेपछि शोजमा क्लिक गरेपछि र्‍याप स्टारमा गएर भोट नाउमा क्लिक गर्नुपर्छ । त्यसपछि फाइनलमा पुगेका प्रतिस्पर्धीहरुको फोटो देखिन्छ । अन्तिममा सफलको फोटो रहेको छ जहाँ भोट नाउमा क्लिक गरेर भोट गर्न सकिन्छ । २८ जेठ दिउँसो १ बजेसम्म भोटिङ खुल्ला रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *