सामुदायिक प्रहरी सेवा केन्द्रको अभिमुखीकरण कार्यक्रम

हेटौंडा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ को आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम आइतबार हेटौंडामा भएको छ ।

ADVERTISEMENT

सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्रको अवधारणा , काम कर्तव्य अधिकार, कार्य शैली र महत्व बारेमा जानकारी गराएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिमा थोकर, संस्थापक उपाध्यक्ष पद्मराज लामिछाने र देवकुमार श्रेष्ठले कार्यक्रम सहजीकरण गरेका थिए ।

कार्यक्रममा मकवानपुर जिल्लामा भएका सामुदायिक सेवा केन्द्रका पदाधिकारी, सामुदायिक प्रहरी शाखाका प्रहरी कर्मचारीहरु र टोल बिकास संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *