हेटौंडा ४ नं. वडामा निःशुल्क स्वास्थ शिविर

हेटौँडा, हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजना तथा मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्रको व्यवस्थापन तथा मदन भण्डारी प्रतिष्ठानको सहकार्यमा बृहत् निःशुल्क स्वास्थ्य शिविर भएको छ । स्वास्थ्य शिविरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष नवीन सिग्देल स्वास्थ्य मानिसको पहिलो र महत्वपूर्ण धन भएकोले वडा कार्यालयले प्राथमिकताका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए ।

ADVERTISEMENT

शिविरमा ५ सय ८८ जना सेवाग्रहीहरूले निस्शुल्क जेकजाँच गरेको ४ नं. वडा सदस्य जनरल श्रेष्ठले जानकारी दिए । शिविरमा नाक, कान र घाँटीका विशेषज्ञ ईन्क्लाव ढुङ्गाना, स्त्री रोग विशेषज्ञ प्रशान्तराज शर्मा, बालरोग विशेषज्ञ विनोमराज शर्मा र फेमली फिजिसियन अमर यासिरसहितका स्वास्थ्यकर्मीले विरामी चेकजाँच गरि औषधी प्रदान गरिएको थियो ।

वडा सदस्य तथा कार्यक्रम संयोजक जनरल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, नेपाल रेडक्रम सोसाईटी, मकवानपुर शाखाका उपमन्त्री, वडा सचिव टिका कंडेल, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्र बस्ताकोटी, कोषाध्यक्ष सुन्दर न्यौपाने, मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्र, हेटौँडा ४ का प्रमुख निर्मला ब्लोन, हेटौँडा क्याम्पस स्ववियु सभापती अभि मैनाली, नेपाल रेडक्रस सोसाईटी, ४ वडाका सभापती किसन घिसिङ्गलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ४ नं. निवासी शान्ति ढुङ्गानाद्वारा लिखित नारी सन्देश नामक पुस्तक कार्यक्रमका प्रमुख अतिथि नवीन सिग्देल सहितका अतिथिहरूले विमोचन गरेका थिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya