थाहा गोल्डकप सेमिफाइनल संस्करण पूरा

हेटौंडा, उत्तरी मकवानपुरको थाहा नगरपालिकामा जारी चौथो थाहा गोल्डकप प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा भएको छ । आइतबार भएको दुई क्वाटरफाइनल खेलबाट सेमिफाइनल संस्करण पूरा भएको हो । प्रतियोगिताको अन्तिम चारमा कुर्दन एकेडेमी, चित्लाङ खेलकुद बिकास समिति, सकृय युवा क्लब र ॠषेश्वर ११ प्रवेश गर्न सफल भएको हो ।

आइतबार भएको पहिलो क्वाटर फाइनल खेलमा विनयबाबु स्मृति प्रतिष्ठानलाई ४–१ को गोल अन्तरले पराजित गर्दै सकृय सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगितामा सकृयका रुपक विष्टले २१ औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा ज्याकी बलामीले व्यक्तिगत तीन गोल गर्दै ह्याट्रिक गर्न सफल भए । प्रतियोगितामा विनयबाबुका महेश तामाङले सान्त्वना गोल गर्न सफल भए । निर्धारित समयमा महेशले गोल गर्न सुनौला अवसर पाएपनि सकृयाका गोलकिपर बाधक बने ।

प्रतियोगितामा ह्याट्रिक गरेका बलामी म्यान अफ दी म्याच घोषित भए । यसैगरी आइतबार भएको अन्तिम क्वाटर फाइनल खेलमा भीमफेदीलाई १–० को गोल अन्तरले पराजित गर्दै ऋषेश्वर ११ सेमिफाइनल प्रवेश गर्न सफल भयो । ऋषेश्वरको तर्फबाट गोल गरेका सुनिल तामाङ म्यान अफ दी म्याच घोषित भए । सेमिफाइनल खेल अन्तर्गत जेठ १४ गते सोमबार कुर्दन एकेडेमी चन्द्रागिरी बिरुद्द चित्लाङ खेलकुद बिकास समिति, सकृय युवा क्लब थाहा चार बिरुद्द ॠषेश्वर ११ बिच सेमिफाईनल खेलहरु हुनेछन ।

पहिलो खेल बिहान ८ बजे र दोश्रो खेल बिहान १० बजे हुनेछ । थाहा गोल्ड कपको दोश्रो पुरस्कार रुपैयाँ एक लाखको प्रायोजन हेटौंडा स्कुल अफ म्यानेजमेन्टको रहेको छ । शिल्ड तथा ट्रफीको सम्पुर्ण प्रायोजन पालुङ बहुउद्देश्यिय सहकारी संस्थाले गरेको छ । शिखर क्लबले ब्यवस्थापकिय जिम्मेवारी लिएको प्रतियोगीतालाई बजार ब्यवस्थापन समिती शिखरकोट, नव जागृत पुस्तकालय, फरक सोच, थाहा ब्याडमिन्टन संघ, पालुङ जेसीज लगायतका सस्थाले सहयोग गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button