हेटौंडा, मकवानपुरे प्रहरीले डेढ करोड रुपैयाँ भन्दा बढीको भन्सार छलीको कपडासहित हेटौंडाबाट दुईजना पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेबाट भन्सार छलीको कपडासहित २ जना पक्राउ परेका हुन् ।
शुक्रबार साझ ७ बजे हेटौडा वडा नम्बर १५ स्थित रातोमाटे चेकपोष्ट अगाडी पुर्व पश्चिम सडकखण्डमा सिराहाबाट हेटौडातर्फ आउदै गरेको वीआर ०६ जि.ई ५०५३ नम्वरको को भारतीय ट्रकलाई रोकी चेकजाँचगर्ने क्रममा सो ट्रकको पछाडीको भागमा चारैतिरबाट एक सय ६८ बोरा (प्रतिबोरा ५० किलो )प्याजको भन्सार काटी प्याजकै बोराहरुले छोपी बीच भागमा लुकाई छिपाई गरी ल्याईएको अवस्थामा नब्बे बोरा अवैध भन्सार छलेर ल्याइएका बिभिन्न किसिमका कपडाहरु नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आईतबार पत्रकार सम्मेलन गर्दै प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता टेक बहादुर कार्कीले भारतीय ट्रकमा प्याजका बोराहरुले छोपी, प्याजकै भन्सार बिल बनाई भन्सार छली गरी ल्याईएका विभिन्न किसिमका ९० बोरा अवैध कपडाहरु सहित दुईजना मानिसलाई शुक्रबार साझ ७ बजे नियन्त्रणमा लिएको बताए ।
रानाको कमाण्डमा खेटिएको टोलीले विशेष सुचनाको आधारमा सामान सहित दुईजनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरुको साथबाट ट्रक सहित १ करोड २८ लाख ९६ हजार रुपैयाँ बजार मुल्य अनुसार १२ हजार ८९६ मिटर पाईन्टको कपडा, तीन लाख मुल्य बराबरको ६० प्याकेट सुटको कपडा, १६ लाख ७६ हजार दुईसय पचास रुपैयाँ बराबरको ६ हजार ७०५ मिटर सर्टको कपडा, एक लाख तीन हजार बराबरको एक सय तीन सेट कुर्था (सेरवारी),पाँचलाख २५ हजार चार सय ४७ रुपैयाँ बराबरको एक हजार चार सय ९७ मिटर कोरा कपडा, अन्दाजी बीस लाख मुल्य बराबरको ट्रक एक थान, दुईलाख ५२ हजार मुल्य बराबरको ८४ क्वीन्टलप्याज गरी अन्दाजी एक करोड ७७ लाख ५२ हजार ६ सय ९७ रुपैयाँको अवैध सामान पक्राउ गरेको प्रवक्ता कार्कीले बताए ।
प्रहरीले ट्रक चालक भारतको पन्जाव राज्य जिल्ला लोदियाना ग्राम रसलपुर वडा नम्बर ७ बस्ने वर्ष ३३ को रन्नौद सिंह र सहचालक भारत बिहार राज्य जिल्ला मोजफरपुर ग्राम माहामाद बस्ने वर्ष २६ को सुधीर कुमार सहनीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई थप अनुसन्धान लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन ललितपुर पठाईने प्रवक्ता कार्कीले बताए ।
ADVERTISEMENT